अविरल ज्ञानु

- नेपाल संवाददाता

सिरीमा सिरी नि कान्छा, च्याङ्बा होइ च्याङ्बा, करोडौँ मुटुहरुको, मान्छेको माया यहाँ खोलाको पानी जस्तो, कसैले बुझेन मेरो मनको बहलाई । पुरानो पुस्ताकी गायिका ज्ञानु राणा श्रोता/दर्शकमाझ २२ माघमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आफ्ना सदाबहार गीत लिएर आउँदैछिन् । द हिडेन ट्रेजर आयोजक रहेको एकल साँझको नाम ‘ अविरल यात्रा’ दिइएको छ । कार्यक्रममा गायिका राणाको पुस्तक कण्ठमा कृष्ण स्वर सार्वजनिक गरिने भएको छ ।

प्रकाशित: माघ २१, २०७५