मिथिला झलकमा काठमाडौँ

- नेपाल संवाददाता

चार दशकअघिको काठमाडौँ र चार दशकपछिको काठमाडौँ । यही अन्तरलाई आफ्नो चित्रमार्फत देखाउन खोजेका छन्, एससी सुमन (सुबोधचन्द्र दास) ले । चार दशकअघि आमासँग काठमाडौँ आउँदा यहाँको वातावरण र मौलिकतामा मोहित भएका सुमनले चित्रमार्फत पहिलेको सौन्दर्य र अहिलेको कुरुपतालाई उतारेका छन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा उनका ३० कलाकृति प्रदर्शित छन् । काठमाडौँका मन्दिर, मसानघाटलगायत मासिँदै गएका भौतिक सम्पदा, जनजीवन र संस्कृतिलाई उनले मिथिला शैलीमा उतारेका छन् । यो उनको १६ औँ एकल प्रदर्शनी हो ।

प्रकाशित: माघ २१, २०७५

ट्याग: कला