अनामनगरमा सपनाको कुरा

- नेपाल संवाददाता

मानिस सपना देख्छन्, तर अधिकांश सपना अपूरै रहन्छन् । ती अपूरा सपनाप्रतिको मानिसको मोह भने रहिरहन्छ । अनामनगरको मण्डला थिएटरमा प्रदीपकुमार चौधरीद्वारा लिखित नाटक स्वप्निल स्वप्न–नगरीमा यस्तै कुरा दर्शाइएको छ । नाटकमा मोफसलबाट राजधानी आएर संघर्ष गर्ने मान्छेको वास्तविकता देखाइएको छ । २७ माघसम्म चल्ने उक्त नाटकमा आकाश झा, अभिषेक शर्मा, बिना कार्कीलगायतको अभिनय छ ।

प्रकाशित: माघ २१, २०७५

ट्याग: नाटक