कैदीसँग किताब

- नेपाल संवाददाता

कारागारका बन्दीहरूको अर्को संसार कहाँ छ  ? किताबमा  ! कारागारको जीवन अन्त्य होइन, कारागारपछिको जीवनमा पनि केही गर्न सकिन्छ भन्ने सन्देशसहित कर्णालीका १० जिल्ला कारागारमा एकैसाथ पुस्तकालय स्थापना अभियानमा छन्, प्रदेश प्रहरी प्रमुख डीआईजी तथा कथाकार महेशविक्रम शाह । अभियानको नाम ‘कारागारलाई किताब’ दिइएको छ ।

कर्णाली प्रदेश सरकारले १० जिल्ला कारागारमा विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियानको नेतृत्व डीआईजी शाहलाई दिइएको हो । प्रत्येक कारागारलाई कम्तीमा ३ सय किताब वितरण गर्ने योजना शाहको छ ।

प्रकाशित: माघ १५, २०७५

ट्याग: किताब