सात प्रदेशमा सप्तरंगी

- नेपाल संवाददाता

कलाकार र खेलाडीको सहभागितामा सातै प्रदेशमा ‘सीएमसी सप्तरंगी, म्युजिकल जर्नी–२०१९’ नामक सांगीतिक कार्यक्रम गरिने भएको छ । १८ माघदेखि २ फागुनसम्म हुने सांगीतिक कार्यक्रमको मूल नारा  ‘सात प्रदेश र सात हामी’ छ । कार्यक्रममा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, कमेडियन सन्दीप क्षत्री, नृत्यांगना अञ्जली अधिकारी र खेलाडी दीपक विष्ट सहभागी हुनेछन् । प्रदेश १ झापाको दमक, प्रदेश २ को जनकपुर, प्रदेश ३ को नारायणगढ, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कार्यक्रम हुने गृष्मा ब्रोडकास्टिङले जनाएको छ ।

प्रकाशित: माघ १४, २०७५

ट्याग: मनोरञ्जन