विख्यात बडिबिल्डर रोली नेपालमा

- नेपाल संवाददाता

विश्वकै सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन्, रोली विङ्कलार । उनको हातको पाखुरा २४ इन्च छ भने थाई ४८ इन्चको । शारीरिक तौल १ सय ३० किलो । ‘द विस्ट’ र ‘सामुराई’ को उपनामले प्रख्यात अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती विङ्कलार युट्युबमा धेरैले खोजी गर्ने सेलिब्रिटी पनि हुन् । उनी नेपाल आउँदैछन्, फागुनको पहिलो साता । ‘आइएफबिबी लिग नेपाल’ ले ३–४ फागुनमा कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा हुने ‘आइएफबिबी प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो–क्वालिफायर) मा ‘गेस्ट पोजर’ को रुपमा विङ्कलारको उपस्थिति रहनेछ । यसलाई नेपाली खेल इतिहासकै ठूलो प्रतियोगिता मानिएको छ ।

प्रकाशित: माघ ६, २०७५

ट्याग: खेलकुद