नाटकमा मदन भण्डारी

- नेपाल संवाददाता

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई अब नाटकमा देख्न पाइने भएको छ । उनको जीवनीमा आधारित प्रदीप नेपालको उपन्यास बर्बरिकको नाट्यरुप २ माघदेखि कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । झोराहाट नाट्य समूह मोरङले विराटनगरमा ९ दिन मञ्चन गरेको उक्त नाटकलाई राजधानी ल्याइएको हो । भरत गुरागाईंको नाट्य रुपान्तरणमा ०४६ को जनआन्दोलनदेखि ०५० सम्मको दरबारिया मनोविज्ञान र रहस्यमय दासढुंगा काण्डसम्मको सन्दर्भ छ । बर्बरिकको भूमिकामा गुरागाईं नै छन् ।

प्रकाशित: माघ ६, २०७५

ट्याग: नाटक