पुस्तक–चित्र मेला

- नेपाल संवाददाता

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २ सय ९६ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा ‘पुस्तक र चित्र’ मेला गरिरहेका छन् ।

१० माघसम्म चल्ने प्रदर्शनीमा नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेका विभिन्न शीर्षक र विधाका ४ सय कृति तथा विभिन्न कलाकारका २७ चित्र राखिएका छन् ।

प्रकाशित: पुस ३०, २०७५