गोठाले विपिन

- नेपाल संवाददाता

भष्मे डनका रूपमा चिनिएका अभिनेता विपिन कार्कीले खेलेका प्रसाद, जात्रा, छड्के, पशुपतिप्रसादलगायत चलचित्रले सफलता पाए । तर सबै चलचित्रमा उनलाई सोलो भूमिकामा देख्न पाइएन । त्यही रहर मेट्न तम्सिएका छन् विपिन, फिल्म गोपीमार्फत ।

जीवन्त अभिनयबाट दर्शकको मनमा बस्न सफल विपिनलाई यो फिल्ममा ‘हिरोज्म’ नभएको भूमिका गोठालोका रुपमा देख्न पाइनेछ । ट्रेलर रिलिजपछि नै उनको चरित्रले चर्चा पाइरहेको छ । सुरक्षा पन्त र वर्षा राउतको पनि अभिनय रहेको गोपी कस्तो छ ? १८ माघसम्म त पर्खनैपर्ला ।

प्रकाशित: पुस २९, २०७५