धुलिखेलमा सुपरम्यान जिपलाइन

- नेपाल संवाददाता

पर्यटकीय नगरी धुलिखेलमा तयार छ, ‘सुपरम्यान जिपलाइन’ । धुलिखेल–८, थाक्लेडाँडाको ‘लन्च प्याड’ देखि पाँचखाल–५, खावामा अवस्थित ‘ल्यान्डिङ स्टेसन’ सम्म करिब १ हजार १ सय मिटर लम्बाइको जिपलाइन रहेको छ ।

वल्र्डवाइड एड्भेन्चर प्रालिले माघदेखि हिमशृंखला अवलोकन जिपलाइनमै गर्न सकिने व्यवस्था मिलाएको हो । जिपलाइन भारत तथा अस्ट्रेलियाको प्रविधि र युरोप तथा अमेरिकाको सुरक्षा मापदण्डअनुरुप बनेको कम्पनीको दाबी छ । जिपलाइनमा सुपरम्यानजस्तो, एकल र जोडी उड्ने सुविधा पनि छ । १३ वर्ष नपुगेकालाई भने सेवा दिइने छैन ।

प्रकाशित: पुस २९, २०७५

ट्याग: सहरमा