हिउँमा लडीबुडी

- नेपाल संवाददाता

२३ पुस बिहानै परेको छिपछिपे पानीले काठमाडौँ  उपत्यकाका रमणीय डाँडा सेताम्य भए । टेलिभिजन च्यानलबाट मात्रै हिउँ देख्न पाउने उपत्यकाबासीले हिउँको मज्जा लिए ।

उपत्यकाका फुलचोकी, चन्द्रागिरि, शिवपुरीलगायतका डाँडामा हिउँ परेपछि तन्नेरीदेखि बालबालिका र वृद्धवृद्धासम्म स्पर्श लिन लम्किए । उनीहरुले हिउँमाथि लडीबुडी खेले, सेल्फी खिचे, एकअर्कालाई हिउँको डल्लाले हिर्काएर रमाइलो गरे ।

प्रकाशित: पुस २९, २०७५

ट्याग: सहरमा