साताका चर्चित

- नेपाल संवाददाता

माधव गुरुङ

सामाजिक अभियन्ता

अमेरिकाको उत्तरपूर्वी राज्य न्युह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेस्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा मनोनीत ।

गोविन्ददास श्रेष्ठ

पर्यटन व्यवसायी

काठमाडौंस्थित पाँच तारे होटल र्‍याडिसनका अध्यक्ष तथा पर्यटन व्यवसायी श्रेष्ठको ८७ वर्षको उमेरमा निधन ।

अजर जंगम

गायक तथा संगीतकार

जंगमलाई ४० हजार राशिको नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान गरिन लागेकाले ।

गोपाल खड्का

पूर्वकार्यकारी निर्देशक, नेपाल आयल निगम

अख्तियारले आयल निगममा रहँदा १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर ।

प्रकाशित: पुस २९, २०७५