भिडियोमार्फत पर्यटन प्रवद्र्धन

- नेपाल संवाददाता

प्राकृतिक, सांस्कृतिक र पर्यटकीय मानकले समृद्ध भएर पनि नेपालका कतिपय गाउँठाउँ ओझेल परिरहेका छन् । ओझेल परेका यस्ता ठाउँलाई पर्यटनका रुपमा आकर्षित बनाउन र बढीभन्दा बढी पर्यटकलाई आफ्नो क्षेत्रमा भित्र्याउन सकिनेछ । यसलाई सहज बनाएको छ, ‘वी विल राइज फाउन्डेसन’ ले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमार्फत । पुरस्कार व्यवस्थासमेत भएको उक्त भिडियो च्यालेन्ज अप्रिल ३० सम्म खुला रहनेछ । नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुग्ने गरी सुरु गरिएको उक्त प्रतियोगितामा सहभागिता जनाउनेले आफ्नो क्षेत्रका चर्चित पर्यटकीय स्थलका साथै अहिलेसम्म उजागर नभएका स्थानबारे ५ मिनेटको भिडियो पठाउनुपर्नेछ ।

प्रकाशित: पुस २३, २०७५

ट्याग: सहरमा