पेन्टिङमा प्रकृति

- नेपाल संवाददाता

एउटा रूखमा प्राय: एकै किसिमका पात पाइन्छन् । तर पुल्चोकस्थित जीजी मचानमा सुरु भएको एकल कला प्रदर्शनीमा सम्झना राजभण्डारीको पेन्टिङमा भने थरीथरीका पात र थरीथरीका ढुंगा देख्न पाइन्छ । उनले यी थरीथरीका पात र ढुंगालाई मानिसको प्रतीकको रुपमा लिएकी छन् । मानिस र प्रकृतिको अन्तरसम्बन्धलाई उनले आफ्नो कलामा प्रस्तुत गरेकी छन् । जसरी पात र ढुंगाले आँधीबेहरीलाई निरन्तर रुपमा सहनुपर्छ त्यसरी नै मानिसले पनि आफ्नो दु:ख–कष्ट र संघर्षका पहाड चढ्नुपर्छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कला प्रदर्शन गरिरहेकी सम्झनाको कला प्रदर्शनी माघ अन्तिमसम्म चल्नेछ ।

प्रकाशित: पुस २२, २०७५

ट्याग: सहरमा