नाटकमा सुन

- नेपाल संवाददाता

३३ किलो सुन तस्करी काण्ड गुपचुपमै सेलायो । त्यसले प्रहरी, प्रशासन, राजनीतिक नेता सबैलाई बदनाम गरायो । यस्तै, सुनकै सेरोफेरोमा आधारित नाटक ‘करोट’ (कोल्टे) सर्वनाम थियटरमा मञ्चन भइरहेको छ । थारु भाषामा मञ्चन भएको उक्त नाटकमा एउटा निम्नवर्गीय परिवारमा धनसम्पत्तिको लतले कसरी सम्बन्ध बिगार्छ र समाजमा विग्रह ल्याउँछ भन्ने फेहरिस्त प्रस्तुत गरिएको छ । नाटकमा सुनलाई प्रतीकको रुपमा लिइएको छ। नाटक प्रणव प्रकाशले निर्देशन गरेका हुन् ।

प्रकाशित: पुस २२, २०७५

ट्याग: सहरमा