म:म बेच्दै गीत

- नेपाल संवाददाता

बलियो आँट र अठोट भए असम्भव केही छैन भन्ने उदाहरण हुन्, गायक कपिल पौडेल । बानेश्वरमा ठेलामा म:म बेच्दै शास्त्रीय संगीत सिक्दै आएका उनको चर्चा युट्युबमा सर्वत्र छ । उनै नवगायक कपिलले पहिलोपल्ट आफ्नो आवाजमा ‘साला काठमाडौँ’ गीत भिडियोसहित सार्वजनिक गरेका छन् । विभिन्न सपना बोकेर राजधानी आउने युवाले पैसा र पहुँच अभावमा काठमाडौँमा भोग्नुपर्ने पीडा र असफलताको सन्देश बोकेको गीतमा कपिल आफैँले शब्द भरेका छन् । उनको यो गीतले सफलता र गायकीले निरन्तरता पाओस् । शुभकामना ।

हेर्नुहोस् भिडियो : साला काठमाडौँ

 

प्रकाशित: पुस २२, २०७५

ट्याग: सहरमा