साताका चर्चित

- नेपाल संवाददाता

चोलेन्द्रशमशेर जबरा

प्रधानन्यायाधीश

नेपालको २९ औं प्रधानन्यायाधीशका रुपमा पद बहाली गरेकाले ।

सुलोचना श्रेष्ठ

विद्यार्थी, रामपुर क्याम्पस

स्नातकोत्तर तहमा ९०.८८ अंक ल्याएर त्रिवि चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पाउन सफल भएकाले ।

झमक घिमिरे

साहित्यकार

२५ हजार रुपैयाँ राशिको साहित्य साधना पुरस्कार प्राप्त गरेकाले ।

शियाराम कुशवाहा

मेयर, कटहरिया नगरपालिका

हत्या अभियोगमा सफाइ पाएको अवसरमा नगरपालिकाभित्रका सरकारी र सार्वजनिक संघसंस्थामा बिदा दिएकाले ।  

प्रकाशित: पुस २२, २०७५