गायिका प्रियंका

- नेपाल संवाददाता

चल्तीकी हिरोइन प्रियंका कार्कीको खोजी मुख्य अभिनयदेखि क्यामियोसम्म हुन्छ । सिनेमामा सयौँ गीतमा लिपसिङ गरेकी उनै प्रियंका बेलाबखत कभर सङ पनि गरिरहेकी हुन्छिन् । यसपालि भने उनी फिल्म अनागतको 'कसलाई पोखूँ’ बोलको नयाँ गीत गाएर पाश्र्वगायनमा देखिएकी छन् । गीतको भिडियोमा उनी अर्पण थापासँग प्रस्तुत भएकी छन् । हिरोइनले यसरी भटाभट गीत गाउँदै जाँदा हाम्रा गायिकाको रोजीरोटी खोसिने त होइन ?

प्रकाशित: पुस १५, २०७५

ट्याग: सहरमा