समलिंगी नाटक

- नेपाल संवाददाता

रंगमञ्चमा महिला सहभागिता कम भएको सुनिँदै आएका बेला रंगकर्मी रेनुका कार्कीले नाटकमार्फत  संवेदनशील विषय उठान गरेकी छन् । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक साथीको कथा महिला समलिंगी सम्बन्धमा आधारित छ । समलिंगी पनि समाजका हिस्सा हुन्, उनीहरुका पनि निजी इच्छा र चाहना हुन्छन् । उनीहरुलाई फरक व्यवहार गर्नु हुँदैन भन्ने सन्देश छ त्यसमा । भारतीय लेखक विजय तेन्दुलकरको नाटक मित्राची गोस्टको नेपाली अनुवाद सागर चन्दले गरेका हुन् ।

प्रकाशित: पुस १५, २०७५

ट्याग: सहरमा