गोदावरीमा प्याराग्लाइडिङ

- नेपाल संवाददाता

मुक्त आकाशमा चराजस्तै उड्न चाहनेहरूका  लागि खुसीको खबर । ललितपुरको गोदावरीमा १३ पुसदेखि १९ सम्म साताव्यापी रुपमा प्याराग्लाइडिङ भइरहेको छ । २ हजार ४ मिटरको उचाइमा हावामा कावा खाँदै पहाड र हिमशृंखला हेर्न सकिनेछ । त्यसका लागि तपाईंसँग आँट भने चाहिन्छ । आँट मात्र भएर पुग्दैन, गोजीमा गाँठ पनि । आयोजक काठमाडौँ प्याराग्लाइडिङले अंग्रेजी नयाँ वर्षको छूटसहित ६ हजार ५ सय

रुपैयाँ शुल्क तोकेको छ । जाने होइन त गोदावरी ?

प्रकाशित: पुस १५, २०७५

ट्याग: सहरमा