सम्झनामा ०७२ को भूकम्प

- नेपाल संवाददाता

गाउँसहरको व्यस्त जीवनका कारण १२ वैशाख ०७२ को भूकम्पलाई धेरैले बिर्सिसकेका छन् । तिनै बिर्सेकाहरुलाई सम्झाउने काम गरेको छ, फोटो पत्रकारहरुको संस्था पीजे क्लबले । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तीन वर्ष पुगेको मौका पारेर क्लबले फोटो प्रदर्शनी गरेको थियो, १० पुसदेखि १३ सम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा । ग्यालरीमा प्रदर्शनी हेर्न पुगेकाहरुले एकपटक फेरि त्यसबेलाको भूकम्पलाई आत्मसात् गरे । प्रदर्शनीमा १ सय थान फोटो राखिएका थिए ।

प्रकाशित: पुस १५, २०७५

ट्याग: सहरमा