सन्दीपको निरन्तर जादू

- नेपाल संवाददाता

नेपाली क्रिकेटको दुनियाँमा छुटाउनै नहुने नाम हो, सन्दीप लामिछाने । उनको चर्चा देशमा मात्र होइन, देशबाहिर पनि उत्तिकै छ । जताततै भाइरल भइरहेका उनी युवाको आइडलका रुपमा रहेका छन् । अस्ट्रेलियामा जारी विग बासमा उनले एकपछि अर्को जादू देखाइरहेका छन् । लिगको तीन चरणका खेल चलिरहँदा उनी विग बास लिगकै कम रन खर्चेर सर्वाधिक विकेट लिने खेलाडी भए । ३ खेलमा ६८ रन खर्चेर ७ विकेट लिए उनले । फाइनलसम्म सन्दीपको जादू देखिरहन पाइयोस् ।

प्रकाशित: पुस १५, २०७५

ट्याग: सहरमा