'नेपाली साहित्यबारे गलत रहेछु'– मञ्जुश्री थापा

- नेपाल संवाददाता

नेपाल लिटरेचर फेस्टिवलका निम्ति काठमाडौँ  उत्रिएकी थिइन्, मञ्जुश्री थापा । यसै मेसोमा साहित्य विमर्शका लागि उनलाई मार्टिन चौतारीले निम्त्यायो, १२ पुसमा । उनले नेपाली साहित्यबारे आजसम्म आर्जेको ज्ञान मात्र साटिनन्, तीमध्ये अधिकांशको समर्थनमा आफू नभएको तर्कसमेत राखिन् । "खस-आर्यको साहित्यलाई मात्र नेपाली साहित्य मान्थेँ । म गलत रहेछु," अंग्रेजी साहित्यकी घागडान लेखिकाले भनिन्, "नेपाली साहित्य र नेपालको साहित्यका भिन्नताबारे स्पष्ट हुन मलाई १५ वर्ष लाग्यो ।" अन्य भाषाले समयसँगै नवीकरण र सरलीकरणको बाटो समातिरहँदा नेपाली भाषा भने त्यसतर्फ नसमेटिएको टिप्पणी गरिन् ।

प्रकाशित: पुस १५, २०७५

ट्याग: सहरमा