साताका चर्चित

- नेपाल संवाददाता

रामबहादुर कुरुङवाङ

प्रजिअ, बर्दिया

निजामती कर्मचारीमध्ये उत्कृष्ट राष्ट्रसेवक घोषित भई इन्टेग्रिटी आइडल नेपाल अवार्ड–०१८ प्राप्त गरेकाले ।

सोना खटिक

पत्रकार

महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा विश्व बैंकले ‘इन्सपायरिङ हिरोज्’ को उपाधिबाट सम्मान गरेकाले ।

चन्द्रकान्त चौधरी

सभासद्

विभिन्न सरकारी तथा निजी सामाजिक संघसंस्थाका लागि करिब ७० बिघाजति जग्गा तथा नगद रकम सहयोग गरेकाले ।

कुन्दन अर्याल

प्रधानमन्त्रीका प्रेस सल्लाहकार

फोटो पत्रकार वर्षा शाह पक्राउ प्रकरणमा प्रेस स्वतन्त्रताविरोधी  अभिव्यक्ति दिएकाले ।

प्रकाशित: पुस १, २०७५