शिल्पाको पहिलो पाइला

- नेपाल संवाददाता

लिलीबिलीबाट नेपाली फिल्ममा पाइला राख्दै थिइन्, शिल्पा मास्के । अन्तिम समयमा ‘आउट’ भइन्, जसिता गुरुङ ‘इन’ । त्यसपछि शिल्पा केही समय अलप भइन् । बल्ल उनको पहिलो फिल्म प्रदर्शन हुने पक्का भएको छ, ब्रेकअप । निर्देशक हुन्, रोमान्टिक लभस्टोरी फिल्ममा नाम कमाएका हेमराज बिसी । शिल्पाको साथमा छन्, आयुष्मान देशराज जोशी । उनले आयुष्मानसँग खुलेर चुम्बन गरेको ‘हरपल...’ गीतले प्रशस्त चर्चा बटुलेको छ । जसबाट प्रत्यक्ष फाइदा पुग्ने भएको छ, २७ पौषमा प्रदर्शन हुने ब्रेकअपको प्रमोशनमा । यत्ति भएपछि शिल्पा फुरुंग हुने भइहालिन् । यसअघि हलिउड सुपरहिरो फिल्म डक्टर स्ट्रेन्जमा झुलुक्क देखापरेकी शिल्पाले कागजपत्र  नामक अर्को फिल्मको छायाकन भ्याइसकेकी छन् ।

प्रकाशित: मंसिर १९, २०७५

ट्याग: मनोरञ्जन