अर्का युट्युबर हिरो

- नेपाल संवाददाता

युट्युबमा खुब हिट धीरज मगरलाई रिनाशा राईले इन्टु मिन्डु लन्डनमा खेलाइन । धीरजकै क्रेजका कारण यो फिल्मले लोभलाग्दो व्यापार गर्‍यो । धीरजपछि अर्का युट्युबरलाई ठूलो पर्दामा देखिने भएका छन् । उनी हुन्, सोनाम तोप्देन । खासगरी कभर सङबाट ख्याती कमाएका सोनाम सम्हालिन्छ कहिले मनमा अनुबन्ध भएका हुन् । सुदर्शन थापाले निर्देशन गर्ने यस फिल्ममा सोनामको अपोजिटमा पुजा शर्मा हुनेछिन् । पुजा पछिल्लो पटक रामकहानीमा देखिएकी थिइन् । भुटानका सोनाम नेपाली भाषीमाझ लोकप्रिय छन् । एक दर्जन देशमा कन्सर्ट गरिसकेका छन् । सम्हालिन्छ कहिले मनबाट हिरोको रुपमा दर्शकको मन कत्तिको जित्ने हुन् ? हेर्न बाँकी छ । उनलाई दिइएको पारिश्रमिक निर्माण पक्षले खुलाएको छैन ।

प्रकाशित: मंसिर १८, २०७५

ट्याग: मनोरञ्जन