कति महँगा बियर !

- नेपाल संवाददाता

महँगा बियर पाइने विश्वका १० सहरबारे नयाँ तथ्य सार्वजनिक भएको छ । जर्मनको डिउट्सचे बैंकले गरेको सर्वेक्षणअनुसार विश्वमा सबैभन्दा महँगो मूल्यको बियर नर्वेको ओस्लोमा उत्पादन हुने गरेको छ । त्यहाँ एक गिलास बियरको मूल्य करिब एक हजार रुपैयाँ पर्छ ।

त्यसपछि दोस्रो स्थानमा छ, सिंगापुर । त्यहाँ एक गिलास बियरको मूल्य नौ सय रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, हङकङ (चीन), न्युयोर्क सिटी (अमेरिका), बोस्टन (अमेरिका) र पेरिस (फ्रान्स) मा एक गिलास बियरको मूल्य सात सयदेखि झन्डै आठ सय रुपैयाँसम्म पर्न आउँछ ।

स्वीडेनको स्टकहोममा करिब सात सय, स्वीटजरल्यान्डको जुरिच र अस्ट्रेलियाको मेलवर्नमा ६ सय ७० रुपैयाँ पर्छ भने न्युजिल्यान्डको अकल्यान्डमा एक गिलास बियरको मूल्य ६ सय ५० रुपैयाँ पर्छ ।

प्रकाशित: मंसिर १६, २०७५