गन्तव्य : पर्यटन प्रवद्र्धन

- श्रुति श्रेष्ठ

धुम्बा पोखरी जाने क्रममा झोलुंगे पुल तर्दै गरेका आन्तरिक पर्यटक । जोमसोम बजारबाट १५ मिनेट पैदल दूरीमा रहेको यो पुल मुक्तिनाथ र जोमसोम गन्तव्य बनाउने पर्यटकमाझ आकर्षक बनेको छ । पहिलेपहिले नेपालीहरू तीर्थयात्रा गर्थे । तर, अहिले तीर्थाटनसँगै प्रकृतिसँग रमाउनेको संख्या उल्लेख्य छ । पछिल्लो समय सामाजिक सञ्जालमा फोटो राख्नैका लागि पनि विभिन्न रमणीय स्थल चहार्ने गर्छन् । यस्ता प्रकृतिप्रेमीलाई मोबाइल फोनले झनै साथ दिने गर्छ ।

प्रकाशित: मंसिर १४, २०७५

ट्याग: चित्रपट