साताका चर्चित

- नेपाल संवाददाता

भजिन्द्र क्षत्री

तेक्वान्दो खेलाडी

नेपाल र कोरियाबीच सांस्कृतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान पु‌र्‍याएबापत मानार्थ नागरिकता प्राप्त गरेकाले ।

प्रकाशराज पाण्डे

आरोही

विश्व स्काउट संगठन र राष्ट्रिय युवा परिषद्को झन्डासहित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गरेकाले ।

नेपाल प्रहरी

जापानको एसियन ओसिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनबाट विश्वकै प्रतिष्ठित ‘डिजिटल गभर्मेन्ट अवार्ड’ पाएकाले ।

दीर्घ सोडारी

नेकपा नेता तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री

आर्थिक अनियमितता तथा अश्लील हर्कत गरेको प्रमाण फेला परेपछि बर्खास्तीमा परेकाले ।

प्रकाशित: मंसिर २, २०७५