निद्रालु दुनियाँ

- क्रान्ति पाण्डे

सहरका कतिपय मानिस आलिसान महलको मखमली ओछ्यानमा समेत निदाउन सकेका छैनन् । निद्राका लागि ट्याब्लेटको सहारा लिनेको संख्या बढ्दै छ । सहरका कुनाकाप्चा अनि सार्वजनिक स्थल डुलिहिँड्ने हो भने दिउँसोमास गाडीको ट्वाँट्वाँ र कोलाहलबीच पनि मस्त निदाइरहेका मानिस भेटिन्छन् ।

खुला ठाउँको सुताइ वास्तवमा भैपरी आउने निद्रा हो । मानिसहरु हेर्दाहेर्दै पलभरमै झुपुझुपु भइहाल्छन् । एक झमट नै भए पनि मानिस धपेडी, थकान, तनाव, निराशालगायतका यावत टन्टा भुलेर स्वप्न संसारमा हराउन थाल्छन् । निद्रालाई सिरानी नै किन चाहिन्छ र !

प्रकाशित: कार्तिक ३०, २०७५

ट्याग: चित्रपट