हिटपछिको मौनता

- नेपाल संवाददाता

पति श्रीकृष्ण श्रेष्ठको वियोगका कारण कोहिनुरपछि श्वेता खड्काले लामो समय विश्राम लिइन् । उनी फिल्मबाट टाढा हुनेसम्मका हल्ला चले । फिल्मी कार्यक्रममा समेत देख्न मुस्किल हुन्थ्यो त्यतिबेला । तर, कुशल अभिनयबाट चिनिएकी श्वेता चार वर्षपछि कान्छीमा देखापरिन् । अभिनय मात्र होइन, यसको निर्माण पनि आफैँले गरिन् । नाम चलेका धेरै कलाकारका फिल्मको व्यापार खस्किरहेका बेला कान्छीले नाफा कमायो । स्वदेशी बजारसँगै विदेशमा समेत यो फिल्मले लोभलाग्दो व्यापार गर्‍यो । त्यसैले अपेक्षा थियो, श्वेताले भटाभट फिल्म खेल्नेछिन् । तर, व्यापार र सामाजिक कार्यमा समेत सक्रिय श्वेताले फिल्मलाई प्राथमिकतामा नराखेको आभाष भएको छ । कारण, कान्छी  प्रदर्शन भएको ७ महिना बित्यो तर नयाँ फिल्ममा अनुबन्ध भएकी छैनन् ।

प्रकाशित: कार्तिक २६, २०७५

ट्याग: मनोरञ्जन