साताका चर्चित

- नेपाल संवाददाता

सरु लिम्बू

फुटबलर

उनी नेतृत्वको नेपाली टोलीले एएफसी यु–१९ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ९–० ले हराएकाले ।

सुप्राज्ञ रिजाल

विद्यार्थी

बाजे सिकार खेल्न गएको कथा सुनाउँदा अमेरिकी साथीले ‘मास सुटिङ’ गर्ने आरोप लगाएपछि न्यु लन्डन पुलिसले हिरासतमा लिएकाले ।

सुलभ मास्के

फुटबलर

अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेनिक एथ्लेटिकका लागि उनले गरेको गोलले ‘गोल अफ द इयर’ को उपाधि जितेकाले ।

दीपक तोलांगे

लघुफिल्म निर्माता 

उनले बनाएको छारो  नामक लघुचलचित्र १७ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शनका निम्ति चयन भएकाले ।

प्रकाशित: कार्तिक १८, २०७५