न्यानो माया

- नेपाल संवाददाता

जाडोले कोही कठ्यांग्रिन नपरोस् भनी ग्रीस, टर्की, बुल्गेरियाजस्ता देशमा केही व्यक्तिले आफ्ना पुराना न्याना लुगा बाटो छेउछाउका रुखमा बाँधिदिने गरेका छन् । आवश्यक परेका जोकोहीले ती लुगा लैजान सक्छन् । भारतका केही स्थानमा पनि यस्ता कार्य हुने गरेको देखिएको छ । उक्त अभियानलाई ‘नेकीकी दरबार’ नाम दिइएको छ ।

क्यानडाको नोवा स्कोटिया प्रान्तमा एक परिवारले यस्तै कार्य गरेको र त्यसले अन्यलाई पनि उत्प्रेरित गरेको त्यहाँका सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । उक्त परिवारले रातारात ख्याति बटुलेकाले आउँदा वर्षमा थप सहयोग गर्ने ऊर्जा पलाएको तिनले प्रतिक्रिया दिएका थिए ।

 

प्रकाशित: कार्तिक १८, २०७५