मालिकाकै भर

- नेपाल संवाददाता

कुनै समय यस्तो थियो, रेखा थापा जति फिल्म खेल्थिन्, सबै हिट हुन्थे । चारैतिर उनकै हाई–हाई हुन्थ्यो । तर, अहिले एक वर्षमा एउटा फिल्म मात्र खेल्छिन्, तैपनि लगानी उठ्दैन । पछिल्लो पटक उनी आफँैले निर्माण गरेको फिल्म रुद्रप्रियाको पनि यस्तै हविगत भयो । यति हुँदाहुँदै पनि पर्दामा ‘बोल्ड’ भूमिकामा देखिने यी हिरोइनले हरेश खाएकी छैनन् । प्रमाण हो, मालिका । १६ कात्तिकबाट प्रदर्शन हुने यस फिल्ममा उनी हिरोइन मात्र होइन, निर्देशक पनि हुन् । ‘नन–एक्टर’ कमला वलीलाई मुख्य भूमिकामा काम गराएकी छन् । रेखाकै शब्दमा, उनले यसअघि खेलेका फिल्मभन्दा भिन्न र विशेष छ, मालिका । तर, यस्तै महसुस दर्शकले गर्लान् ? ताकि उनको असफल यात्रामा ‘ब्रेक’ लागोस्, आशा गरौँ । नत्र रेखाको अभिनय करिअर अझ ओझेल पर्नेमा शंकै छैन । 

 

प्रकाशित: कार्तिक १७, २०७५