सुनौलो श्रम

- भास्वर ओझा

सरस्वती विद्यागृह, नवदुर्गास्थान, भक्तपुरको प्रांगणमा धान निफन्दै कान्छी मगजु, ६३ । मुठ्ठी रोपेर मुरी फलाउने किसानलाई अहिले चाडबाडभन्दा पनि अन्न भित्र्याउने चटारो छ । कान्छी मगजुलाई पनि आफ्नो पसिनाको सुनौलो रंगसँग सानैदेखि मीठो लगाव छ । उनी  ताइचीन धान भकारीमा भरेर ढुक्कको श्वास फेर्न चाहन्छिन्  । यहाँका प्राय: किसानको दैनिकी कान्छीको जस्तै छ । किसानको मिहिनेतलाई व्यावसायिक रुप दिन सके कृषिप्रधान देशको नाम सार्थक हुन्थ्यो कि !

प्रकाशित: कार्तिक १५, २०७५

ट्याग: चित्रपट