निर्देशक उही नायक नयाँ

- नेपाल संवाददाता

पूजा शर्माले थ्री लभर्स, मधुमास, अझै पनि र चंखे शंखे पंखेमा खेलिन् । तर, दर्शकमाझ ‘मार्क’ हुन सकिनन् । हिट हुनु त परको कुरा, उनलाई फिल्म पाउनै मुस्किल थियो । जब प्रेमगीत खेलिन्, पूजाको क्रेज ह्वात्तै बढ्यो । खासगरी सहरिया युवायुवतीले उनलाई खुब रुचाए । प्रेमगीतपछि पूजा अभिनीत दुई फिल्म प्रदर्शन भए, म यस्तो गीत गाउँछु र रामकहानी । दुवै फिल्ममा फरक हिरो थिए, पल शाह र आकाश श्रेष्ठ । निर्देशक भने उही सुदर्शन थापा । त्यसो त, प्रेमगीत, मधुमास र चंखे शंखे पंखेलाई पनि सुदर्शनले नै निर्देशन गरेका थिए । रामकहानीले अपेक्षाकृत व्यापार नगरे पनि सुदर्शन र पूजाको सहकार्यले निरन्तरता पाउने भएको छ, फिल्म सम्हालिन्छ मन कहिलेमा । नायक भने यसपटक पनि नयाँ छन्, सोनम थोम्देन । म्युजिकल लभस्टोरी जनराको यस फिल्मले पूजाको लोकप्रियता उकास्ला ?

 

प्रकाशित: कार्तिक १५, २०७५