मुम्बई पुलिसको रमाइलो काइदा

- नेपाल संवाददाता

आफ्नो ट्वीटर अकाउन्टलाई अन्तक्र्रियात्मक बनाउन मुम्बई पुलिसले निकै रमाइला पोस्टहरु गर्दै आएको छ । कहिले चलनचल्तीका ट्रोल र मिमलाई परिमार्जित गरी त कहिले चलचित्र, टिभी शृंखला, कार्टुन, किताब आदिका सन्दर्भ तथा संवाद उद्धृत गरी आफ्ना फलोअर्सलाई आवश्यक सूचना दिने कार्य यस अकाउन्टले गर्छ ।

हालै ह्यारी पोटर एन्ड डेथ्ली ह्यालोजको वाक्यांश प्रयोग गरी सडक दुर्घटनाबारे सचेतता जगाएको मुम्बई पुलिसको चर्चा थप चुलिएको छ । यसअघि स्कुबी डु  नामक कार्टुनको जीआईएफ बनाई यसले लेन अनुशासन पालना गर्नुपर्छ भन्ने सन्देश दिएको थियो । साइबर अपराधबारे सन्देश दिन यस अकाउन्टले पोस्ट गरेको तस्बिर पनि निकै रुचाइयो । गम्भीर पोस्ट गर्ने अन्य अकाउन्टभन्दा नयाँ तरिकाले सर्वसाधारणसँग अन्तक्र्रिया गर्ने मुम्बई पुलिसको यो काइदालाई धेरैले रुचाएका छन् भने केहीले ‘बच्चाको जस्तो काम’ पनि भन्ने गरेका छन् ।

प्रकाशित: कार्तिक ११, २०७५