चौँरी एक्सप्रेस

- शब्द/तस्बिर : प्रकाश लामिछाने

४ हजार ८ सय मिटर उचाइ हाराहारीको थुक्ला पासबाट सगरमाथाको आधार शिविर र कालापत्थर जाने पर्यटकका निम्ति बन्दोबस्तीका सामान ओसार्दै चौँरीहरु । थुक्ला (४,६२०) बाट अघि बढेपछि सगरमाथा आधार शिविर र कालापत्थर जाने यात्रुहरु लोबुचे (५,०३०) र गोरकसेप (५,१६४) मा बास बस्छन् । खुम्बु क्षेत्रमा पदयात्राका निम्ति जाने पर्यटकका सरसामान ओसारपसारका निम्ति चौँरीगाईको प्रयोग अत्यधिक हुँदै आएको छ ।

प्रकाशित: कार्तिक ९, २०७५

ट्याग: चित्रपट