भाग्य भएपछि...

- नेपाल संवाददाता

आर्यन सिग्देलले कायरा बनाए, आफैँ खेले । तर, लगानी उठाउनै धौधौ पर्‍यो । त्यसअगाडि रुद्रप्रिया पनि हिट भएको थिएन । होमवर्क, नोभेम्बर रेनजस्ता फिल्मको पीडा छँदैछ । खासगरी नयाँ चकलेटी हिरोको आगमन उनका लागि अभिशाप भइदियो । जति छिटो शिखर चुमे, उति छिटै ओरालो झर्नुपर्‍यो । तैपनि, भाग्यमा भएपछि कसको के लाग्छ ? 

भटाभट फिल्म फ्लप हुँदा पनि आर्यनले महँगो पारिश्रमिक पाएका छन् । हजार जुनीसम्म नामक फिल्मका लागि उनले १२ लाख रुपैयाँ पाएका हुन् । यसमा अनुबन्ध भएसँगै बाहिरी ब्यानरका फिल्म नखेल्ने आर्यनको बोली पनि ‘फेल’ खाएको छ । हजार जुनीसम्मलाई विकास आचार्यले निर्देशन गर्दैछन् । भलै निर्देशकभन्दा निर्माताका रोजाइ हुन्, आर्यन । विकासले आर्यनलाई लिनै आनाकानी गरेको चर्चा 

जो छ ।

 

प्रकाशित: आश्विन ३०, २०७५