बुद्धिका लागि समय

- सुरेश किरण

नेपाली कांग्रेस पार्टीमा यसपटक उमेरको विवाद चलेको छ । वास्तवमा कांग्रेस भनेकै यस्तो पार्टी हो, जहाा बेलाबखत विवादहरु जन्मिरहन्छन् । त्यहााभित्र कसले, कसलाई, के गर्छन् कुन्नि, नतिजास्वरुप केही समयपछि एउटा विवादको जन्म हुन्छ । अहिले उमेरको विवाद जन्म भएको छ । त्यो पनि 

नेविसंघमा । 

अब नेविसंघको सदस्य हुन ३२ वर्ष नकटेको हुनुपर्ने रे । ३२ वर्ष कटेपछि नेविसंघ छोड्नुपर्ने नियम ल्याएपछि यो विवाद जन्म भएको हो । 

जवाफमा नेविसंघका कार्यकर्ताले पनि भन्न थाले, ‘पार्टीमा ९० वर्ष पुगे पनि पदमा बसिरहन पाइने, नेविसंघमा किन नपाइने ?’

वास्तवमा हो पनि । पार्टीमा नेताहरु ९० वर्षसम्म कुर्सीमा बसेपछि त्यहाा नअटेका नेताहरु बस्ने नेविसंघमा त हो नि । अरु कहाा बस्ने ?

कांग्रेसका नेताहरु नेविसंघमा पचासौँ वर्षसम्म बसे पनि बुद्धि पलाएका हुादैनन् । उदाहरणका लागि पार्टी सभापति शेरबहादुर देउवा नै छन् । अब त्यसमाथि बत्तीसै वर्षमा संगठन छाड्नुपर्छ भनेपछि कहिले पलाउने बुद्धि ? के नेताहरुलाई बुद्धि पलाउन समय दिनुपर्दैन ?    

प्रकाशित: आश्विन ३०, २०७५