म्युजिक भिडियोतिर

- नेपाल संवाददाता

अनमोल केसीको अपोजिटमा कृ खेल्न पाउँदा फुरुंग थिइन्, अदीति बुढाथोकी । मुम्बईमा बसेर संघर्ष गरिरहेकी अदीतिले इन्स्टाग्राममा हालेका फोटोबाटै प्रशस्त फ्यान कमाएकी थिइन् । कृले नेपाली फिल्ममा आफूलाई स्थापित गर्ने आशा थियो । जसै फिल्म रिलिज भयो, अदीतिका फ्यान बढ्नुको सट्टा घटे । न उनको भूमिका मन पराइयो, न त अभिनय । त्यसमाथि कृले लगानीसमेत उठाएन । यसरी पहिलो गाँसमै ढुंगा भेटेपछि अदीति मुम्बई फर्किइन् । त्यता पनि उनको खास उपलब्धि देखिएको थिएन । तर, अहिले एउटा म्युजिक भिडियोमा मौका पाएकी छन् । ‘मै तेरा हो गया...’मा फिचरिङ भएकी हुन् । युट्युबमा यो गीतले पाँच दिनमा ६० लाख भ्युज बटुलेको छ । तर, प्रश्न उही, अदीति म्युजिक भिडियोमै रम्छिन् कि फेरि फिल्म खेल्छिन् ?

 

प्रकाशित: आश्विन २९, २०७५