खुसी कोस्टारिका

- नेपाल संवाददाता

घटना गत सातातिरको हो । प्रधानमन्त्री केपी ओली अमेरिका जाँदा उहीँबाट कोस्टारिकाको भ्रमणमा पनि जानुभएको रहेछ । उहाा कोस्टारिका जानुभएको धेरैलाई थाहै छैन । जतिलाई थाहा छ, उनीहरुलाई पनि जानुको कारण थाहा छैन । यो अत्यन्त थाहै नदिई भएको भ्रमण रहेछ । 

उहाँ गइसकेपछि केही पत्रिकाहरुमा समाचार आयो, कोस्टारिका संसारकै सबैभन्दा खुसी देशहरुमध्ये एक हो । सायद प्रधानमन्त्री ओली त्यही खुसी हेर्न त्यतातिर जानुभएको हुनुपर्छ । कोस्टारिकाका मानिस किन खुसी छन्, सायद त्यही हेर्न जानुभएको पनि हुनुपर्छ । सकिन्छ भने कोस्टारिकाको खुसी नेपालतिर ल्याउने पनि उहााको योजना हुनुपर्छ ।

तर, यीभन्दा पनि प्रमुख कुरोचाहिँ के हो त भन्दा, कोस्टारिकाका जनता यति धेरै खुसी किन छन्, यो बुझ्नु जरुरी छ । यसबारे धेरैले धेरै तर्क गर्न सक्छन् । तर, यथार्थ कुराचाहिँ के हो भने कोस्टारिकाका जनता खुसी हुनुको प्रमुख कारण, त्यहाा खड्गप्रसाद ओली छैनन् । त्यहाा वामदेव गौतम पनि छैनन् । साथै, त्यहाा प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, रामचन्द्र पौडेल कोही पनि छैनन् । कोस्टारिकाका जनता खुसी हुन सक्नुको एउटै मात्र कारण यही हो कि जस्तो लाग्छ । योबाहेक अरु के होला र कारण ? 

 

प्रकाशित: आश्विन २९, २०७५