फुर्सदमा केकी

- नेपाल संवाददाता

कोहलपुर एक्सप्रेसबाट केकी अधिकारीले जसोतसो लगानी उठाइन् । विदेश प्रदर्शनमा आफैँ धाइन् । तर, केकीमा उत्साह छैन । किनभने, मुम्बई एक्सप्रेसबाट हुबहु नक्कल भएकाले यो फिल्मले उनको छवि धुमिल्यायो । उनीजस्ती पढेलेखेकी हिरोइनले मौलिक फिल्मलाई प्रश्रय नदिएपछि प्रशंसकले चित्त दुखाउने भइहाले । कोहलपुर एक्सप्रेसपछि केकी अभिनीत नाईं नभन्नु ल ५ हिट भयो । तर, सहायक भूमिकामा सीमित भएकाले उनको पोल्टामा जस परेन । न उनको अभिनयले नै प्रशंसा कमायो । यस्तै–यस्तै कारण हुनुपर्छ, अहिले केकी नयाँ फिल्ममा अनुबन्ध भएकी छैनन् । आक्कलझुक्कल म्युजिक भिडियोमा देखिन्छिन् । जबकि, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतका हिरोइनलाई भ्याइनभ्याई छ । केकीचाहिँ रित्तो हात ! 

प्रकाशित: आश्विन २४, २०७५