नयाँ युगको थालनी

- विभु लुइटेल

वल्र्ड वाइड वेबका प्रणेता टिम बर्नर्स ली प्रयोगकर्ताका डाटा सुरक्षित गर्ने उद्देश्यले वेब पद्धति परिस्कार–परिमार्जन गर्न लागिपरेका छन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का इन्जिनियर र वैज्ञानिकसमेत आबद्ध रहेको इन्रप्ट नामक स्टार्टअपले सुरु गरेको परियोजना ‘सोलिड’ सँग उनले सहकार्य गर्ने बताइएको छ ।

यस परियोजनाको मुख्य अवधारणा सेवा विकेन्द्रीकरणमा रहनेछ । यस अनुसार एक प्रयोगकर्ताद्वारा निर्मित एप्लिकेसनमाथि कुनै अरु निकायको नभई स्वयं प्रयोगकर्ताकै सर्वाधिकार रहनेछ । कसको डाटा स्टोर गर्ने र कस–कसलाई त्यो बाँड्ने भन्ने निर्णय डेभलपर स्वयंले गर्न पाउनेछ । यो प्रविधि निर्माण हुन सके इन्टरनेटमा नयाँ युगको थालनी हुने प्रविधिविज्ञहरु बताउँछन् ।

केही समययता फेसबुक आफ्ना प्रयोगकर्ताको डाटालाई लिएर त्यति संयमित देखिएको छैन । लीको यो परियोजना फेसबुकका लागि ठूलो चुनौती बनेर आउन लागेको छ ।

 

प्रकाशित: आश्विन २३, २०७५