अलपत्र यात्रा

- नेपाल संवाददाता

ए मेरो हजुर २ मा पनि एकाएक ‘हटकेक’ बने, सलिनमान बनियाँ । चकलेटी मुहार र क्रेज देखेर निर्माता/निर्देशक पछि लाग्न थाले । तर, उनले ‘बाल’ दिएनन् । फिल्म खेल्न मरिहत्ते नगर्ने, मन लाग्दा मात्र खेल्ने आशयका अभिव्यक्ति दिए । झन्डे डेढ वर्षपछि बल्ल यात्रा नामक फिल्ममा अनुबन्ध भए । सलिनकै कारण सुटिङ सुरु भएसँगै यो फिल्मले चर्चा पायो । उनी यही फिल्ममार्फत मात्र लोकप्रियता फराकिलो पार्ने दाउमा थिए । विडम्बना ! यस फिल्मको सुटिङ बीचमै रोकिएको छ । निर्माताको गोजी रित्तिएपछि यात्रा अलपत्र परेको बताइन्छ । तर, फिल्म मात्र होइन, सलिनकै करिअर अलपत्र परेको छ । न नयाँ फिल्ममा अनुबन्ध हुन सकेका छन्, न त यात्राको काम सकिएको छ । अचम्मचाहिँ, यो दुर्दशा देखेर हिजो उनले अस्वीकार गरेका फिल्म निर्माताहरु खुच्चिङ भन्न थालेका छन् । 

 

प्रकाशित: आश्विन २३, २०७५