साताका चर्चित

- नेपाल संवाददाता

कुमुद धिताल

कार्डियोथोरासी विशेषज्ञ

मुटु प्रत्यारोपण क्षेत्रमा विशेष यो गदान पुर्‍याएबापत ‘प्राइड अफ अस्ट्रेलिया’ पुरस्कारको मनोनयनमा परेकाले ।

गोकुल बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री

संसद्को विकास समितिमा अमर्यादित तथा गैरजिम्मेवार अभिव्यक्ति दिएकाले ।

रमेश खत्री

पौडीबाज

०७२ को भूकम्पमा दुवै खुट्टा गुमाएका खत्रीले इन्डोनेसियामा आयोजित प्याराएसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेकाले ।

प्रिन्स दाहाल

ब्याडमिन्टन खेलाडी

दुबईमा आयोजित अन्तर्राष्ट्रिय यु–१५ ब्याडमिन्टन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकाले ।

प्रकाशित: आश्विन २१, २०७५