मौलिक गन्तव्य

- नेपाल संवाददाता

माओवादी सशस्त्र द्वन्द्वका कारण प्रचलित म्याग्दी, रुकुम र रोल्पाको ट्रेल रुट गुरिल्ला पर्यटनको नयाँ गन्तव्य बन्न सक्छ । हरिया फाँटदेखि लिएर यहाँबाट देखिने पहाडले जोकोहीलाई मन्त्रमुग्ध तुल्याउन सक्छ ।

यस्तै, अर्को मनोरम गन्तव्य बन्दीपुर पनि हो । यहाँबाट देखिने हिमाल र यहाँका बजार नै यसका गहना हुन् । आधुनिक हुँदै गए पनि आफ्नो मौलिकता नछाडेका नेपालका थोरै स्थानमध्येमा बन्दीपुर पर्छ । यसबाहेक तिब्बती र नेपाली संस्कृतिको सम्मिश्रण देख्न सकिने डोल्पा, मुक्तिनाथ भएर बग्ने कालीगण्डकी र परापूर्वकालदेखि जीवजन्तुका अवशेष आफ्ना ढुंगामा संरक्षण गरिराखेको सिद्धगुफालाई आन्तरिक र बाह्य पर्यटकले नजिकबाट अवलोकन गर्न सक्छन् ।

भारतीय सञ्चार संस्था रिपब्लिक  वर्ल्डले लेखेको छ, ‘नेपालमा काठमाडौँ र सगरमाथाबाहेक अरु निकै सुन्दर ठाउँ छन् । प्राकृतिक र ऐतिहासिक दुवै हिसाबले यी धनी छन् ।’

प्रकाशित: आश्विन २१, २०७५

ट्याग: विदेशबाट