एप्पललाई चोरीको आरोप

- विभु लुइटेल

अमेरिकी कम्पनी क्वालकमले एप्पललाई आफूद्वारा निर्मित मोडेम चिप डिजाइन इन्टेललाई गोप्य रुपमा दिएको आरोप लगाएको छ । चोरी गरेका चिप प्रयोग गरी सस्तोमा मोबाइल फोन निकाल्ने साझेदारी यी दुई कम्पनीले गरेको हुन सक्ने आरोपपत्रमा उल्लेख छ । 

सन् २०११ भन्दा अगाडि एप्पलले इन्टेलका चिप्स प्रयोग गथ्र्यो । तर, थोरै मूल्यमा फोन निकाल्न बेलाबखत गैरकानुनी ढंगमा इन्टेल र एप्पलले साझेदारी गरिरहने क्वालकमको ठहर छ । आइफोन एक्स र एक्सएसमा पनि इन्टेलकै मोडेम चिप प्रयोग गरिएका छन् । एप्पलले भने क्वालकमको आरोपलाई हावादारीको संज्ञा दिएको छ । इन्टेलका चिप प्रयोग गरेको स्वीकारेका एप्पलका पदाधिकारी भन्छन्, “जुनसुकै चिप प्रयोग गर्न स्वतन्त्र रहेको बँुदा हाम्रो सहमतिपत्रमा उल्लेख छ ।”

प्रकाशित: आश्विन १९, २०७५