भीपीएन प्रयोगकर्ता बढ्दै

- विभु लुइटेल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पोर्न साइटमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएसँगै नेपालमा भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्ने र गर्न सिक्नेको संख्या बढेको छ । इन्टरनेट प्रयोग गर्दा सरकार तथा इन्टरनेट सेवाप्रदायकले सामान्य अवस्थामा पत्ता लगाउन सक्ने आईपी अड्रेस गुमनाम बनाउन मद्दत गर्छ ।

मोनेटाइज गरेर राखिएका सामग्रीलाई पनि यस नियमले प्रतिकूल असर पार्ने देखिएको छ । पोर्न साइटबाहेकका अन्य वेबसाइट र सामाजिक सञ्जालमा राखिएका सामग्री पनि बिस्तारै हटाइनेछन् । समाजमा यौनहिंसा बढाउन मद्दत गरेको ठहर गर्दै यो कदम चाल्न लागिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकाल बताउँछन् ।

 

प्रकाशित: आश्विन १९, २०७५