फेरि स्वस्तिमालाई साथ

- नेपाल संवाददाता

कति हिरोइन फिल्म नपाएर छट्पटाइरहेका छन्, बल्लतल्ल खेलेका फिल्म फ्लप भएर उस्तै फसाद । स्वस्तिमा खड्काको हकमा भने ठ्याक्कै उल्टो । एकातिर फिल्मको ओइरो छ, अर्कातिर हिट भइरहेका छन् । जय भोले प्रदर्शन हुनै बाँकी छ । टेम्पु चालकको भूमिकामा काम गरेको फिल्म बुलबुलको सुटिङ भ्याइसकिन् । अब किरण केसीको दालभात तरकारीको तयारीमा जुटेकी छन् । यसलगत्तै हजार जुनीसम्म फिल्ममा व्यस्त हुने पक्का भएको छ, जसलाई निर्देशन गर्नेछन्, विकास आचार्यले । स्वस्तिमा अभिनीत नाईं नभन्नु ल ५ ले मनग्ये व्यापार गरेपछि विकासले उनलाई दोहोर्‍याएका हुन् । यसको छायाँकन सिक्किममा हुनेछ । तर, स्वस्तिमाले कुन हिरोसँग रोमान्स गर्नेछिन्, निधो भइसकेको छैन ।

 

प्रकाशित: आश्विन १९, २०७५